Incident Reports

डडेल्धुरामा खुकुरी प्रहारबाट युवकको हत्या

2017-02-19

Sudurpashchim, Dadeldhura, Nawadurga, Ward 1

डडेल्धुराको कोटेलीमा आइतबार खानेपानीको विषयमा भएको विवाद र झडप हुँदा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली–१ न्वाघरका शेरबहादुर साउद र २४ वर्षका भीमबहादुर भूलबीच बिवादपछि झडप भएको हो । झडपका क्रममा कोटेली गाबिसका ईन्सेक संयोजक समेत रहेका साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । झडपको क्रममा भीमबहादुरले शेरबहादुरलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउदको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । त्यहाँ लामोसमयदेखि खानेपानीको विषयमा विवाद भएको थियो । आईतबार बिहान साढे सात बजेतिर भएको घटनाबारे स्थानीय बासिन्दाले विवाद मिलाउन प्रशासनले आनाकानी गर्दा हत्यासम्मको घटना भएको भन्दै आलोचना गरेका छन् । तर यता जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी प्रेमबहादुर शाहीका अनुसार दुई जनाको समान्य विवादमै हत्या भएको र घट्नास्थबाटै एक थान खुकुरी समेत बरामद भएको जनाएको छ । त्यसमा संलग्न भीमबहादुर भुल प्रहरीको नियन्त्रमा रहेको र कर्तब्य ज्यान सम्बन्धी मुद्दा चलाईने डडेल्धुराका प्रहरी प्रमुख डिएसपी शाहीले बताए । डडेल्धुरामा योसँगै यो आर्थिक बर्षमा दुईवटा हत्या भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Police website , INSEC

0 Comments

Related Reports