Incident Reports

महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

2017-02-20

Lumbini, Banke, Narainapur

२४ वर्षीया एक महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजाँदै गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले गोरखा जिल्ला हुईया गाविस-८ का २४ वर्षीय बेलबहादुर गुरुङ र सोही ठाँउकी ३० वर्षीया बासमाया गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले जानकारी दिए । पीडित महिलालाई विदेश पठाई दिने बहानामा भारततर्फ लैजाँदै गरेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडितलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको पनि एसपी राईले बताए ।

0 Comments