Incident Reports

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला ।

2017-02-21

Madhes, Siraha, Naraha, Ward 8

बहुविवाहका आरोपित चन्द्रअयोध्यापुर-४ का २९ वर्षीय दिपक महरा र १८ वर्षीय आशा महरालाई जिल्ला अदालतले फागुन १० गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र प्रसाद अधिकारीको इजलासले उक्त फैसला सुनाएको अदालतले जनजाएको छ । गोलबजार नपा-४ मा डेरा गरी बस्ने २५ वर्षीया रिता महराले गत मङ्सिर २४ गते आरोपितद्वयले बहुविवाह गरेको गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चेयामा सोही दिन उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितद्वयलाई सोही दिन गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा पुस ८ गते दिपक महरा ३५ हजार रुपियाँ र आशा १० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।

0 Comments