Incident Reports

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

2017-02-21

Gandaki, Gorkha, Sulikot

Hari Ram Uprety ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९ गते १२ बजे घाँस लिन जङ्गल गएकी बयलकोटी साँझ अबेरसम्म घर नफर्किएपछि गाउँलेले खोजी गर्दा फागुन १० गते दिउँसो २ बजे उनी मृत अवस्थामा भेटिएकी हुन् । ताकुकोट-८ को जङ्गलमा मृतकको शव फेला परेको स्थानीय यम बयलकोटीले जानकारी दिए । बयलकोटीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले मृतकको टाउकोमा तीन वटा गहिरो चोट देखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनको हत्या कसले र किन गर्‍यो भन्ने थाहा हुन नसकेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनायो । शवको पोष्टमार्टम फागुन ११ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । हरिराम उप्रेती
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments