Incident Reports

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

2017-02-21

Madhes, Mahottari, Samsi, Ward 1

महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पति वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा रहँदै आएका र नसरीन आफ्ना दुई ससाना छोरासहित आफ्नै घरमा सुतिरहेको अवस्थामा गए राति उनको शव उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । स्थानीय बासिन्दाका अनुसार निम्नवर्गीय परिवारकी नसरीन खुसीपूर्वक सासू, ससुरा र दुई छोरासहित घरमा बसिरहेको बेला अचानक उनको शव झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान थालेको छ । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , National/Online Media

0 Comments