Incident Reports

जनकपुरमा मोर्चाद्धारा मसाल जुलुस प्रदर्शन

2017-02-21

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरमा मसाल जुलुस प्रदर्शन गरेको छ । भानु चोकबाट शुरु मसाल जुलुसले नगरको विभिन्न भागको परिक्रम गरेको थियो । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि मधेशी मोर्चाले मंगलबार मसाल जुलुस र बुधबार मधेस बन्दको घोषणा गरेको हो । मोर्चाले बन्दको पुर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा मंगलबार उपरान्ह् आयोजित सर्वदलिय बैठक बहिष्कार गरेको छ । बिजुली बजारस्थित तमलोपा मुख्यालयमा बसेको मोर्चाको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार सरकारले संविधान संशोधन प्रक्रिया लत्याउँदै जबर्जस्ती चुनाव घोषणाको निर्णय लिएकाले विरोधस्वरुप सर्वदलीय बैठक बहिष्कार गरिएको हो । सरकार हामीलाई छाडेर एकलौटी अघि बढिसकेपछि हामी अब आन्दोदनमा छौँ। त्यसैले विरोधस्वरुप नगएका हौँ, उहाँले भन्नुभयो । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्रि पार्टीले पनि बैठक बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री दाहालले चुनावको प्राविधिक तयारी, स्थानीय तह पुनसंरचना आयोगको कार्यविधि लगायत विषयमा छलफल गर्न मंगलबार अपराह्न ३ बजे नयाँ बानेश्वरमा सर्वदलीय बैठक डाकेका हुन् । मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । मोर्चाका नेताहरुले स्थानीइ निकायको निर्वाचनसँगै स्थानिय निकायको निर्वाचन बहिष्कारदेखि अन्य विरोधको कार्यक्रम सार्वजानिक गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Parsa

0 Comments

Related Reports