Incident Reports

स्ववियु निर्वाचन उम्मेदवारी दर्ता : विप्लव माओवादीले गर्यो तालाबन्दी

2017-02-25

Bagmati, Kathmandu, Kathmandu

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका पुनः प्रभावित भएको छ। शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका भए पनि नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थीले अधिकांश क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन कार्यतालिका प्रभावित भएको हो । राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा शनिबार बिहान नै उम्मेदवारी दर्ता गरिएको छ । एमाले निकट अनेरास्ववियुको तर्फबाट तपेन्द्रबहादुर शाहीले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आरआरमा अनेरास्ववियुसँगै माओवादी केन्द्रको तर्फबाट सभापतिमा धुब्रराज वाग्ले र नयाँ शक्ति नेपालको तर्फबाट सभापतिमा अरबिन्द्र भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्। आरआर क्याम्पसको निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराएलगत्तै विप्लव नेतृत्वको माओवादी क्रान्तिकारीका विद्यार्थीले निर्वाचन आयोगमा तालाबन्दी गरेको आरआरका स्ववियु सभापति राजकुमार राईले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पससँगै आंगिक र नेपाल संस्कृत क्याम्पस अन्तर्गतका सबै क्याम्पसमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । यद्यपी शनिबार उम्मेदवारी दर्ता प्रभावित भएमा निर्वाचन पुनः निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको स्ववियु निर्वाचन २०६५ सालयता भने हुन सकेको छैन्। विद्यार्थी भर्नाको विषयलाई लिएर विप्लव माओवादी निकट विद्यार्थीले अधिकांश क्याम्पसमा तालाबन्दी गरेका हुन् । विद्यार्थी भर्नाकै विषयलाई लिएर राजधानीको त्रिचन्द्र, अस्कल, मिनभवन, विश्वभाषालगायतका क्याम्पसको निर्वाचन कार्यतालिका प्रभावित भएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा भने विभिन्न माग राख्दै सात विद्यार्थी संगठनले शुक्रबार नै तालाबन्दी गरेकाले उम्मेदवारी दर्ता हुन सकेन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments