Incident Reports

मधेसी मोर्चाका विद्यार्थीले गरे क्याम्पसमा आगजनी

2017-02-23

Madhes, Parsa, Birgunj

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार मधेसी मोर्चामा आवद्ध मधेसी दलका विद्यार्थी संगठनले आगजनी गरेका छन्। स्ववियु चुनावको निर्वाचन प्रकृया रोक्न माग गर्दै मधेसी दल निकटका विभिन्न विद्यार्थी संगठनले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा बिहीबार दिउँसो आगजनी गरेका हुन्। आगजनीबाट सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका तीन सोफा, कुर्सी, टेबुल, सूचनापार्टी, ढोका र झ्यालहरु जलेर नष्ट भएका छन्। सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेपछि मधेसी दल निकटका विद्यार्थीले क्याम्पसको शिक्षा संकायको भवनमा पनि आगजनी गर्ने प्रयास गरेपनि तत्कालै प्रहरी पुगेका कारण त्यहा उनीहरुले आगो लगाउन पाएनन् । आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीले संघीय विद्यार्थी फोरम नेपालका केन्द्रीय सदस्य निखिल वर्णवाल, समाजवादी विद्यार्थी संघका मधुसुदन चौरसीया र सदभावना विद्यार्थी मञ्चका कृष्ण दासलाई पक्राउ गरेको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments