Incident Reports

भलिबलको विषयमा विवाद, स्थानीय युवाको कुटाइबाट जीप सहचालकको मृत्यु

2017-02-25

बझाङको दौलीचौरमा स्थानीय युवाको कुटाइबाट जीपका सहचालकको ज्यान गएको छ । शनिबार बेलुका स्थानीय युवाले खेलिरहेको भलिबल जीपले च्याप्दा फुटेपछि भएको विवादको क्रममा जीपका सहचालकको ज्यान गएको हो । भलिबलको विषयमा भएको विवादको क्रममा झडप हुँदा स्थानीय युवा दिपेन्द्र बोहराको कुटाइबाट जीपका सहचालक दौलीचौर–८ का दिनेश बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । कुटाइबाट गम्भीर घाइते भएका दिनेशको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । दिनेशलाई कुट्ने दिपेन्द्र फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports