Incident Reports

मोरङ क्याम्पसमा तोडफोड

2017-01-25

Province 1, Morang, Biratnagar

विराटनगर – केही दिनअघि सम्पन्न अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिताको नाममा धेरै रकम खर्च गरेको भन्दै महेन्द्र मोरङ क्याम्पसका विधार्थीको एक समूहले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । बुधबार क्याम्पसमा बिबिए (व्यवस्थापन) संकायका केही विधार्थीहरुको समूहले क्याम्पस प्रमुख महेन्द्रनारायण यादवको कार्यकक्ष तोडफोड गरेको हो । केही दिनअघि सम्पन्न अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको महेन्द्र मोरङका विधार्थीले खाजा खर्च बढी पेस गरेको भन्दै तोडफोड गरी ताला लगाएको बताईएको छ । प्रतियोगिता जितेका विधार्थीलाई प्रोत्साहन गर्न आग्रह गर्दा क्याम्पसले पहिले रकम खर्च भएको भन्दै आलटाल गरेपछि तोडफोड गरिएको हो । विधार्थीको नाममा केही नेताले रकम खर्च गरेपछि विरोध गरेको एक विधार्थीले बताए । तर क्याम्पस प्रमुख महेन्द्रनारायण यादव खेलसंग सम्बन्धित कुनै विल पेस नभएको बताउछन् । विधार्थी कल्याण परिषदले खेलकुद गराउने बताउदै उनले परिषदबाट कुनै बिल नआएको जानकारी दिए । क्याम्पसले कुनै खर्च नव्यहोर्ने उनले बताए । परिषदले रिपोर्ट पेस गरेपछि क्याम्पसले हेर्ने बताउदै कसैले खर्चको रिपोर्ट पेस नगरेको उनको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis