Incident Reports

Bikalpa Dainik: Youths beaten by three police officer

2017-01-16

Youths were beaten by three police officers of temporary police station, Bhashi with sticks and boots. Jagdish Rana, Birendra Sarki, Suraj Sarki and Prawin Raikale have been injured. Among them Jagdish and Birendra are seriously injured. Police beat them assuming that youths were drunk and lying near the bridge. महेन्द्रनगर, ३ माघ – भांसीस्थित अस्थायी प्रहरी विटका प्रहरीले स्थानीय युवालाई कुटपिट गरेका छन् । छाडा गाई गोरु धपाउन भांसी खोलाको पुलमा बसेका युवालाई विटका तीन प्रहरीले लाठी र बुटले पिटेका छन् । प्रहरीको कुटपिटबाट जगदीश राना, विरेन्द्र सार्की, सुरज सार्की, प्रविन रैकाले घाइते भएका छन् । उनीहरुमध्ये जगदीश र विरेन्द्र लाई बढी चोट लागेको छ । विरेन्द्रको महाकाली अञ्चल अस्पतालमा उपचार गरिएको छ । सोमबार साँझ अस्पतालमा आएका विरेन्द्र राति घर फर्किएका छन् । पुल नजिक बसेका उनीहरुलाई प्रहरीले रक्सी खाएर पल्टिएको भन्दै कुटपिट गरेको स्थानीय बताए । ‘ खेतमा राति आउने गोरु धपाउन त्यहाँ गएर बसेका थिए, त्यही बेला प्रहरीले कुटपिट गरेको हो’ स्थानीय गीता रानाले भनिन् । स्थानीयले ती युवा स्थानीय भएको जानकारी गराएपछि मात्रै ती प्रहरीले कुट्न छाडेको थिए । अस्थायीप्रहरी विटका हवल्दार शेर बहादुर खड्काले मदिरा सेवन गरी पल्टिएकाले सम्झाएर पठाएको बताए । ‘जाड खाएर बसेकाले एक एक थप्पड हानेर पठाएको हो’ उनले भने । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नयन सिंह कार्कीले आफूलाई यसबारे जानकारी नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Youth Injured 4
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports
Related Trend Analysis