Incident Reports

भाँसीमा विटका तीन प्रहरीद्वारा युवालाई कुटपिट

2017-01-16

महेन्द्रनगर, ३ माघ – भांसीस्थित अस्थायी प्रहरी विटका प्रहरीले स्थानीय युवालाई कुटपिट गरेका छन् । छाडा गाई गोरु धपाउन भांसी खोलाको पुलमा बसेका युवालाई विटका तीन प्रहरीले लाठी र बुटले पिटेका छन् । प्रहरीको कुटपिटबाट जगदीश राना, विरेन्द्र सार्की, सुरज सार्की, प्रविन रैकाले घाइते भएका छन् । उनीहरुमध्ये जगदीश र विरेन्द्र लाई बढी चोट लागेको छ । विरेन्द्रको महाकाली अञ्चल अस्पतालमा उपचार गरिएको छ । सोमबार साँझ अस्पतालमा आएका विरेन्द्र राति घर फर्किएका छन् । पुल नजिक बसेका उनीहरुलाई प्रहरीले रक्सी खाएर पल्टिएको भन्दै कुटपिट गरेको स्थानीय बताए । ‘ खेतमा राति आउने गोरु धपाउन त्यहाँ गएर बसेका थिए, त्यही बेला प्रहरीले कुटपिट गरेको हो’ स्थानीय गीता रानाले भनिन् । स्थानीयले ती युवा स्थानीय भएको जानकारी गराएपछि मात्रै ती प्रहरीले कुट्न छाडेको थिए । अस्थायीप्रहरी विटका हवल्दार शेर बहादुर खड्काले मदिरा सेवन गरी पल्टिएकाले सम्झाएर पठाएको बताए । ‘जाड खाएर बसेकाले एक एक थप्पड हानेर पठाएको हो’ उनले भने । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नयन सिंह कार्कीले आफूलाई यसबारे जानकारी नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Youth Injured 4
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports
Related Trend Analysis