Incident Reports

Students break norms as FSU election nears

2017-02-27

Province 1, Sunsari, Dharan

In Dharan, members of the Nepali Congress-aligned Nepal Student Union and the All Nepal National Independent Union (Revolutionary) affiliated with the CPN (Maoist Centre) vandalised and set fire to property at Pindeshwor Vidyapeeth. The unions were infuriated after the CPN-UML-affiliated All Nepal National Free Student Union objected to the college administration’s decision to allow the NSU and the ANNISUR to form an electoral alliance. The ANNFSU demanded cancellation of the polls arguing that it goes against the code of conduct to allow an alliance on the day of candidate nomination. “The vandalism was a protest against the conspiracy to postpone the election,” said Pushpa Guragain, the NSU campus president. धरानस्थित पिण्डेश्वर विद्यापिठमा निर्वाचन कार्यालय ताडफोड र आगजनी भएको छ । दर्ता नै नभएको संगठनबाट उमेद्धारी परेको भन्दै अनेरास्ववियुले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा दाबी बिरोध गरेपछि विवाद उत्पन्न भएको थियो । स्ववियु निर्वाचनमा अनेरारस्ववियु, अनेरास्ववियु (क्रान्त्रिकारी) र नेविसंघ तीन वटा संगठन दर्ता भएकेमा नेविसघं र क्रान्तिकारीले संयुक्त विद्यार्थी मञ्चको नामबाट उमेद्धारी दिएपछि विवाद उत्पन्न हुँदा तोडफोड र आगजनी भएको हो । नेविसघंका पिण्डेश्वर क्याम्पस इकाई सभापति पुष्प पराजुलीले षडयन्त्रपूर्वक स्ववियु निर्वाचन भाड्न खोजिएको भन्दै प्रतिकार स्वरुप तोडफोड गरेर निर्वाचन अधिकृतको कार्यालयमा रहेको उम्मेद्वारी दर्ताको कागजपत्र च्यातिदिएको स्वीकार गरे । उनले निर्वाचन आयोगकै परामर्शमा मञ्च मार्फत उमेद्धारी दिएको बताए । अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष रविन गुरागाईंले पनि आफूहरुले तोडफोड र आगजनी गरेको स्वीकार गरेका छन् । निर्वाचन अधिकृत तोयाराज कोइरालाले स्ववियु निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी सघं र अखिल क्रान्तिकारीले मात्र संगठन दर्ता गराएको बताए । उनकाअनुसार दर्ता नभएको संगठनले चुनावमा भाग लिन पाउँदैन, तर मनोनयन दर्ता हुनु केही घण्टा अघिमात्र संगठन दर्ताको निवेदन दिएको र मनोनयन गरेका कारण सहमति निर्माण गरि अघि बढ्न खोजिएको बताए । स्ववियु निर्वाचन आचारसंहितामा भने संगठन दर्ता र उम्मेद्वारी मनोनयन एकैदिन गर्न नपाईने उल्लेख छ । अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी मञ्चको नाममा नेविसघं र अखिल क्रान्तिकारीले दिएको उम्मेद्वारी बैधानिक नभएको भन्दै आफूहरुको उम्मेद्वारलाई निर्विरोध विजयी भएको घोषण गर्न माग गरेको छ । अनेरास्ववियुले आफ्ना उमेद्धार निलमणी रिजाललाई स्ववियु सभापति घोषणा गरेको छ । अनेरास्ववियुका क्यापस कमिटी अध्यक्ष खेमराज दाहालले रोकिएको प्रक्रियाबाट समानुपातिकको निर्वाचन गराउन माग गरेको बताए । अनेरास्ववियुले आइतबारनै क्याम्पस प्रमुख सह प्राध्यापक डा चन्द्रमणी नेपाललाई ज्ञापन पत्र बुझाउँदै रोकिएको प्रक्रियाबाट समानुपातिकको निर्वाचन गराउन माग गरेको छ । यसैबीच पिण्डेश्वर क्यामपसका निर्वाचन अधिकृत तोयाराज कोइरालाले राजीनामा दिएका छन् । अधिकृत कोइरालाले राजीनामा दिएपछि निर्वाचन आयोग विघटन भएको छ । निर्वाचन अधिकृत कोइरालाले निर्वाचन गराउन सहमति नजुटेका कारण आफूले राजीनामा दिएको बताए । क्याम्पसको विवाद मिलाउन विद्यार्थी संघठनका मातृपार्टीबीच सोमबार बिहान छलफल भएपनि बिना निस्कर्ष टुंगिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Fire
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments