Incident Reports

स्ववियु चुनाव: पिण्डेश्वरमा आगजनी र तोडफोड

2017-02-27

Province 1, Sunsari, Dharan

धरानस्थित पिण्डेश्वर विद्यापिठमा निर्वाचन कार्यालय ताडफोड र आगजनी भएको छ । दर्ता नै नभएको संगठनबाट उमेद्धारी परेको भन्दै अनेरास्ववियुले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा दाबी बिरोध गरेपछि विवाद उत्पन्न भएको थियो । स्ववियु निर्वाचनमा अनेरारस्ववियु, अनेरास्ववियु (क्रान्त्रिकारी) र नेविसंघ तीन वटा संगठन दर्ता भएकेमा नेविसघं र क्रान्तिकारीले संयुक्त विद्यार्थी मञ्चको नामबाट उमेद्धारी दिएपछि विवाद उत्पन्न हुँदा तोडफोड र आगजनी भएको हो । नेविसघंका पिण्डेश्वर क्याम्पस इकाई सभापति पुष्प पराजुलीले षडयन्त्रपूर्वक स्ववियु निर्वाचन भाड्न खोजिएको भन्दै प्रतिकार स्वरुप तोडफोड गरेर निर्वाचन अधिकृतको कार्यालयमा रहेको उम्मेद्वारी दर्ताको कागजपत्र च्यातिदिएको स्वीकार गरे । उनले निर्वाचन आयोगकै परामर्शमा मञ्च मार्फत उमेद्धारी दिएको बताए । अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष रविन गुरागाईंले पनि आफूहरुले तोडफोड र आगजनी गरेको स्वीकार गरेका छन् । निर्वाचन अधिकृत तोयाराज कोइरालाले स्ववियु निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी सघं र अखिल क्रान्तिकारीले मात्र संगठन दर्ता गराएको बताए । उनकाअनुसार दर्ता नभएको संगठनले चुनावमा भाग लिन पाउँदैन, तर मनोनयन दर्ता हुनु केही घण्टा अघिमात्र संगठन दर्ताको निवेदन दिएको र मनोनयन गरेका कारण सहमति निर्माण गरि अघि बढ्न खोजिएको बताए । स्ववियु निर्वाचन आचारसंहितामा भने संगठन दर्ता र उम्मेद्वारी मनोनयन एकैदिन गर्न नपाईने उल्लेख छ । अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी मञ्चको नाममा नेविसघं र अखिल क्रान्तिकारीले दिएको उम्मेद्वारी बैधानिक नभएको भन्दै आफूहरुको उम्मेद्वारलाई निर्विरोध विजयी भएको घोषण गर्न माग गरेको छ । अनेरास्ववियुले आफ्ना उमेद्धार निलमणी रिजाललाई स्ववियु सभापति घोषणा गरेको छ । अनेरास्ववियुका क्यापस कमिटी अध्यक्ष खेमराज दाहालले रोकिएको प्रक्रियाबाट समानुपातिकको निर्वाचन गराउन माग गरेको बताए । अनेरास्ववियुले आइतबारनै क्याम्पस प्रमुख सह प्राध्यापक डा चन्द्रमणी नेपाललाई ज्ञापन पत्र बुझाउँदै रोकिएको प्रक्रियाबाट समानुपातिकको निर्वाचन गराउन माग गरेको छ । यसैबीच पिण्डेश्वर क्यामपसका निर्वाचन अधिकृत तोयाराज कोइरालाले राजीनामा दिएका छन् । अधिकृत कोइरालाले राजीनामा दिएपछि निर्वाचन आयोग विघटन भएको छ । निर्वाचन अधिकृत कोइरालाले निर्वाचन गराउन सहमति नजुटेका कारण आफूले राजीनामा दिएको बताए । क्याम्पसको विवाद मिलाउन विद्यार्थी संघठनका मातृपार्टीबीच सोमबार बिहान छलफल भएपनि बिना निस्कर्ष टुंगिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Fire
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments