Incident Reports

स्कुल अगाडि बम

2017-02-28

Madhes, Saptari, Rajbiraj, Ward 8

सदरमुकाम राजविराजमा मंगलबार सकेट बम फेला परेको छ । राजविराज ९ स्थित पिस जोन मोडल सेकेण्ड्री स्कुल र जुपिटर स्टेशनरी उद्योगको अगाडि रहेको फोहोरको डंगुरमा पर्चासहित बम फेला परेको प्रहरी उपरिक्षक दिवेश लोहनीले बताए । बम फेला परेको खवरसँगै स्थानीयवासी आतंकित भएका छन् । स्कुलका वार्डेन जयकृष्ण बिराजीले विहान फोहोर फ्याँक्न जाँदा छरिएको रातो पर्चाहरुसँगै कालो बट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वमसँगै सो स्थानवाट जयकृष्ण गोईत नेतृत्वको अखिल तराई जनतान्त्रीक मुक्ति मोर्चा (क्रान्तिकारी)को रातो पर्चाहरु बरामद गरेको छ । श्री कृष्ण दल गण राजविराजबाट गएको सेनाको बम डिस्पोजल टोलीले उक्त सडकमा आवतजावत बन्द गरी बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । यसअघि गत माघ ७ गते राजविराज १ स्थित ब्यावसायी फुसराज दुगडको घरको मुख्य प्रवेशद्वारमा सकेट बम फेला परेको थियो
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Collective tensions related to regional identities
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Tarai-based Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments