Incident Reports

सानोठिमी क्याम्पसमा आगजनी

2017-02-28

Bagmati, Bhaktapur, Madhyapur Thimi

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संघारमा भक्तपुरस्थित सानोठिमी क्याम्पसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी गरेको हो । अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति विरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट अखिल क्रान्तिकारीले आफ्नो प्यानल हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाएका छन् । एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले भने आरोपको खण्डन गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति विरेन्द्र बस्नेतको समूहले आगजनी गरेको आरोप लगाए । उनले भने-‘रातभरी हाम्रो प्यानललाई क्याम्पसमा छिर्न दिइएको छैन । रातभरी सरकार पक्ष क्रान्तिकारीका साथीहरू क्याम्पस भित्र बसेका थिए । चारैतिर प्रहरीको तैनाथ भएकै बेलामा आगजनी भएको छ । प्रहरीले आगजनी गर्नेलाई गिरफ्तार नगरी मूकदर्शक भएको छ ।’ अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई बदनाम गर्ने उदेश्यले आगजनी भएको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखे । घटनाबारे अखिल क्रान्तिकारी (विप्लव) समूहका केन्द्रीय सदस्य एकराज डाँगीले महानगरीय प्रहरी परिसरका एसपी किरण राणाको नेतृत्वमा क्याम्पसमा खटिएको टोलीले अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई क्याम्पस भित्र छिर्नसमेत नदिएको बताए । उनले भने-‘क्याम्पस प्रमुखकै मिलेमतोमा आगजनी भएको छ । यसको निष्पक्ष छानबिन नभएसम्म निर्वाचन हुनुहुँदैन, उनीहरूले हाम्रा सङ्गठनमा आवद्ध विद्यार्थीको विद्यार्थी परिचय पत्रसमेत कब्जामा लिएका छन्, क्याम्पस प्रमुखले कब्जामा लिएको परिचय पत्र फिर्ता गर्नुपर्छ ।’ क्याम्पस प्रमुख घिमिरेले भने निर्वाचन नरोकिने बताए । क्याम्पसमा कुनै पनि बेला दुई पक्ष विद्यार्थीबिच झडप हुन सक्ने भएपछि सुरक्षा व्यवस्था कडा पारेको उनले बताए । महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबावु वलियाले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments