Incident Reports

लहान क्याम्पसका प्रमुखसहित २८ कर्मचारी क्याम्पसमै थुनिए

2017-02-28

Madhes, Siraha, Lahan

तोकिएको मितिमै स्ववियु चुनाव गराउन माग गर्दै विद्यार्थी संगठनहरुले मंगलबार अपरान्ह सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । अपरान्ह साढे दुईबजे गरेको तालाबन्दीका कारण क्याम्पस प्रमुख तुलसीराम पोखरेल, सहायक क्याम्पस प्रमुखद्वय सजन साह, सन्जय चौधरी, प्रध्यापक संघका सभापति नारायणलाल दास सहित २८ प्रध्यापक र कर्मचारी कार्यकक्षमै थुनिएका छन् । प्रशासन शाखाका नायव सुब्बा कृष्णराज उपाध्यायका अनुसार तोकिएको मितिमै चुनाव गराउन माग गर्दै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँशक्ति विद्यार्थी युनियनका विद्यार्थीको समूहले प्रध्यापक र कर्मचारीलाई कार्यकक्षबाट निस्कन नदिई तालावन्दी गरेका छन् । तालावन्दीका क्रममा विद्यार्थीहरुले क्याम्पसमा ढुंगामुढा गर्दा झ्यालका सिसा फुटेका छन् । क्याम्पस प्रमुखसहित चार घण्टादेखि क्याम्पसमै थुनिएपछि सञ्चालक समितिले ताला खोल्ने प्रयास गरिरहेको छ । फागुन १८ गते स्ववियू चुनाव घोषणासँगै क्याम्पसमा चुनावी माहौल बढ्न थालेपछि क्याम्पसले निर्वाचन तालिका सार्वजनिक गरी लहान क्याम्पसमा फागुन ५ गते उम्मेदवार मनोनयन दर्ता गराएको थियो । नेविसंघले सभापतिमा इन्द्रनारायण चौधरीको नेतृत्वमा प्यानल खडा गरी उम्मेदवारी दर्ता गराएको थियो भने अनेरास्ववियु, अखिल क्रान्तिकारी र नयाँशक्ति विधार्थी युनियनले धर्मराज चौधरीको नेतृत्व संयुक्त प्यानलको उम्मेदवारी दिएका थिए । सद्भावना पार्टी भातृ संगठन नेपाल विधार्थी मञ्चले सभापतिमा महेश सिंह महतोसहित कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएकै दिन फागुन ५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध विद्यार्थी संगठनले क्याम्पसमा तालावन्दी गरेपछि स्ववियू निर्वाचन तालिका प्रभावित भएको थियो । ‘आज ताल्चा फोडिएपछि चुनाव भोलि नै गराउन नसकिने विषयमा छलफल भइरहेको थियो,’ क्याम्पस प्रमुख तुल्सीराम पोखरेलले टेलिफोनमा भने, ‘त्यही क्रममा विद्यार्थी संगठनहरुले तोकिएको मितिमै चुनाव हुनैपर्ने माग गर्दै तालावन्दी गरेपछि आफूहरु क्याम्पसमै थुनिएका छौं ।’ उता, विद्यार्थी संगठनहरुले तोकिएकै मितिमा चुनाव हुनपर्ने माग गर्दै क्याम्पस घेराउ गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 26
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Siraha

0 Comments