Incident Reports

पाहुना बनेर आएका एक व्यक्ति बालिका बलात्कारको आरोपमा पक्राउ

2017-02-28

Gandaki, Tanahun, Shuklagandaki, Ward 1

RSS तनहुँको थप्रेक-८ भ्यागुतेकी एक १३ वर्षकी सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । श्याम्घा-१ का ५२ वर्षका ति आरोपीलाई मंगलबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । पाहुना बनेर आएका आरोपिले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् । स्थानीय बासिन्दाको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै आरोपिलाई नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक पाण्डेले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । आरोपिविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments