Incident Reports

Teenage girl’s death sparks tension in Dharan

2017-02-28

Province 1, Sunsari, Dharan, Ward 18

(Updated) Tension ran high in Punya Marga of Dharan-16 on Tuesday evening after locals vandalised the house of Baliman Rai accusing him and his wife of murdering a 13-year-old girl who the couple had a adopted as a daughter. Locals also tried to manhandle Rai’s family members. At least 17 police personnel were injured in a clash that ensued. Enraged locals, who alleged that the victim was sexually assaulted before she was killed, had also tried to set Rai’s house on fire, said police. DSP Dhakendra Khatiwada said security personnel had lobbed seven rounds of tear gas canisters to take the situation under control. “Baliman and his wife Padam Kumari have been arrested for investigation,” said DSP Khatiwada. Baliman and his family had adopted the girl as his daughter when she was four years old. There were only Baliman and his wife in the house when the incident occurred. The couple are learnt to have told the police that the girl had consumed insecticides that resulted in her death. Purnakala Limbu, joint coordinator of the Ward Citizen Forum, said the couple had initially tried to bury the incident. “Police should carry out a fair and thorough investigation,” said Limbu. The girl died on Monday while undergoing treatment at BP Koirala Institute of Health Sciences, said police. 'धर्मपुत्री'को रुपमा रहेकी एक किशोरीको यौन दुर्व्यवहारपछि हत्या भएको भन्दै स्थानीय बासिन्दाले धरान–१६ पुण्यमार्गका बलिमान राईको घर तोडफोड गरेका छन् । हजारजना भन्दा बढी स्थानीय बासिन्दाले सामाजिक अपराधी भन्दै बलिमान राई र उनका श्रीमती पदमकुमारीलाई आक्रमण गर्न घरभित्र प्रवेश गरेर तोडफोड गरेका छन् । पुण्यमार्ग मंगलबार रातभर तनावग्रस्त बन्यो । स्थानीय बासिन्दासँग झडप हुँदा १७ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । बोतलमा पेट्रोल लगाएर राईको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । राई दम्पतीको उमेर करिब ५५ सेरोफेरोमा छ । उनीहरुको घर तोडफोड हुँदा राई दम्पती इलाका प्रहरी कार्यालयमा राखिएकाले बाँच्न सफल भएका थिए । घर तोडफोड भइरहेको खबर थाहा पाएपछि इलाका प्रहरी कार्यालयको गस्ती टोलीले आक्रोसित भिडलाई रोक्न खोज्दा नसकेपछि धरानको सशस्त्र प्रहरी बोलाइएको थियो । घरमा ढुङ्गामुढा गर्ने आक्रोसित भिडलाई तितरबितर पार्न सशस्त्र प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । राई दम्पतीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । भारतीय गोर्खा राइफलका सुवेदार राई दम्पतीले ०६५ सालमा इलाका प्रहरी कार्यालयमा लेखापढी गरेर नै धरान–१३ बस्ने जीतबहादुर राईको माइली छोरी अनुषालाई चार वर्षको उमेरमा धर्मपुत्री बनाएर राखेका थिए । अनुषालाई आफूले पालनपोषण गर्ने शिक्षादीक्षा दिने, विवाह र अंशसमेत दिने कागज बनाएर धर्मपुत्रीको रुपमा राखेका थिए । शारदा बालिका नमुनामा स्कुलमा कक्षा पाँच पढ्दापढ्दै अनुषालाई घर नजिकैको सियोन बोर्डिङ स्कुलमा कक्षा तीनमा भर्ना गरिदिएका थिए । तिनै अनुषाले घरेको काम सबै गदै आएकी थिइन् । स्थानीय बासिन्दाकाअनुसार कहिलेकाहीं पसलमा जाँदा शरीरभरि निलडाम र रगत देखिने गरेको थियो । सोध्दा कुखुराले ठुंगेर रगत आएको भन्ने गर्थिन् । राई दम्पतीका दुई छोरा भए पनि दुवै विदेशमा छन् । घरमा किशोरी र राई दम्पतीमात्र बस्ने गरेका थिए । तर सोमबार बिहान अनुषाको मृत्युको खबर छिमेकीलाई समेत जानकारी नदिइ छेउमैमा रहेको फर्निचर व्यावसायीलाई एउटा पाँच साढे चार फुट लम्बाईको बाकस बनाउन अर्डर दिएपछि किन, केका का लागि भनेर सोधीखोजी गर्दा मात्र घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि राई दम्पतीले धानमा लाग्ने किरा मार्ने विषादी सेवानले मृत्यु भएको बताउँदै आएका छन् । उनीहरुले अनुषाले लगातार उल्टी गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए पनि चिकित्सकले बचाउन नकसेको बताएका छन् । धर्मपुत्रीको मृत्यु भए पनि राई दम्पतीमा शोकको कुनै संकेत नदेखिएको, मृतक अनुषाको शरीरमाथि खेलबाड भएको र समाजले थाहा पाउने भएकाले हत्या गरेको भन्दै आक्रोसित छिमेकी, स्थानीय नागरिक समाज, बालअधिकारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीहरुले हदैसम्मका कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सुरुमा राई दम्पतीले किशोरीको आफन्त कोही नभएको भनेर ढाँटे पनि उनको बाबु जीतबहादुर राई र काका प्रेम राई जीवितै रहेकाले बोलाउने प्रयास भइरहेको धरान–१६ की नागरिक वडा मञ्चका सहसंयोजक पूर्णकला लिम्बुले बताइन् । उनले किशोरीलाई लामो समयदेखि यौन दुर्व्यवहार, यातना दिएर हत्या भएको हुनसक्ने भएकाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । उनले भनिन्, ‘किशोरीले विषादी खाएको भनेर राई दम्पती पन्छिन खोजिरहेका छन् । निष्पक्ष छानबिन हुनु पर्छ ।’ छिमेकी समेत रहेकी बाल अधिकार संरक्षण समिति धरानका कोषाध्यक्ष पूर्णकला लिम्बूले ११ वर्षअघि पनि सोही दम्पतीको काम गर्न बसेकी माया राई भन्ने किशोरी यातना सहन नसकेर एक घरको पर्खाल नाघेर राति भागेकी बताइन् । उनले भनिन्, ‘१३ वर्षकी किशोरीको शरीर पनि वयस्क जस्तो देखिएको छ । यौन दुर्व्यवहार पनि हुनसक्ने र राई दम्पती मिलेर जवर्जस्ती विष खुवाएर हत्या गरेको हुनसक्ने भएकाले निष्पक्ष छानबिन हुनु पर्छ ।’ मृतक किशोरीलाई प्रतिष्ठानको मर्चरी हाउसमा पोष्टमार्टमका लागि राखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले पोष्टमार्टम रिपोर्टपछि दोषी पाएमा कारबाही गर्ने बताएका छन् । उनले भने, ‘यौन दुर्व्यवहार भएको र यातना दिएको उजुरी आएको आधारमा हामी अनुसन्धान गछौं र पुष्टि भए कारबाही गर्छौं ।’ update.................................. Baliman Rai and his wife Padam Kumari, of Dharan-16, Sunsari, may have sexually abused their 13-year-old adopted daughter, Anusha, who died of insecticide poisoning on Monday. Her autopsy report, which was released on Friday, stated that there were scars on her private organs, suggesting that she had been sexually abused for a long time. However, there was no evidence that she was raped recently, said the doctors at the BP Koirala Institute of Health Sciences. It is still unclear whether Anusha had consumed insecticide with the intention of ending her life or her foster parents had force-fed it to her. Police have detained the Rai couple for investigation. Anusha’s death had sparked a protest in her neighbourhood at Punya Marga on Tuesday. The locals have accused the Rai couple of murdering Anusha, whom they had adopted when she was four, and attempting to portray her death as a suicide.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 19
Severely damaged Buildings 1
National/Online Media , Local Newspaper - Morang

0 Comments