Incident Reports

नेपाली मजदुर कुटिएपछि भेरी–बबई डाइभर्सनको काम ठप्प

2017-02-27

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा कार्यरत एक चिनियाँले नेपाली मजदुर कुटेपछि तीन दिनदेखि कामकाज ठप्प भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड(कोभेक)मा आबद्ध एक चिनियाँले आइतबार साँझ नेपाली कामदार देबेन्द्र खत्रीलाई कुटपिट गरेपछि आयोजनाको काम ठप्प हुन पुगेको हो । नेपाली कामदारले कुटपिटमा संलग्नलाई कारबाहीसहित विभिन्न माग राखी सोमबारदेखि हड्ताल गरेको छ । नेपाली कामदारले हड्ताल आव्हान गरेपछि निर्माण कम्पनीले कुटपिटमा संलग्न चिनियाँ कामदारलाई मंगलबार आयोजनाबाट हटाइदिएको छ । उनले नेपाली कामदार देवेन्द्र खत्रीलाई गाडी सफा नगरेर पार्किङमा राखेको भन्दै दाउराले हिर्काएका थिए । कुटपिटमा खत्रीको ढाड र मुखमा चोट लागेको छ । घाइतेको कोहल्पुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको आयोजनामा कार्यरत मेघराज चौधरीले जानकारी दिए । उनले माग पूरा नहुञ्जेल हड्ताल कायमै राख्ने चेतावनी दिए । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मिनराज ढकालले नेपाली मजदुरका माग पूरा गर्न वार्ता भइरहेको जानकारी दिए । कुटपिटमा संलग्नलाई कारबाही, साप्ताहिक छुट्टी (शनिबार) काम गरेपछि दोब्बर तलब पाउनुपर्ने, कामदारलाई सम्मानजनक व्यवहार गर्नुपर्ने लगायतका १० बुँदे माग गरिएको छ छ । ‘प्राइभेट कम्पनीले बिदाको दिन काम गरेको तलब दिन सक्दैन् । यो बाहेक अन्य मागहरु पूरा गर्न सकिने खालका छन्’ इन्जिनियर ढकालले भने, ‘कामदारलाई मनाएर आयोजनाको काम सञ्चालन गर्ने प्रयत्नमा लागिरहेका छौं । वार्ता भइरहेको छ ।’ हड्तालका कारण टनेल खन्ने काम अवरुद्ध भएको छ । चिनियाँ र नेपाली गरी दुई सय ८६ जना कामदार छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Surkhet

0 Comments

Related Trend Analysis