Incident Reports

पत्रकारका ‘कलम भाँच्ने’ धम्की

2017-02-04

धनगढी, माघ २२ – सेक्टर वन कार्यालय बुडरका इन्चार्ज सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’ धम्की दिएका छन् । आफ्नो विपक्षमा समाचार लेखेको प्रति आक्रोस जनाउदै उनले सामाजिक संजाल फेसबुक मार्फत यस्तो धम्की दिएका छन् । पछिल्लो एक सातादेखि संचार माध्यमहरुले जोरायल क्षेत्रमा अबैध रुपमा भैरहेको वन फडानीका सन्दर्भमा समाचारहरु प्रकाशित गरिरहेका छन् । जसमा डिसीको पनि संलग्नता रहेको आशयका समाचारहरु प्रकाशित भएका छन् । जसको विरुद्धमा उनले यस्तो गम्भीर धम्की दिएका हुन् । उनले फेसबुकमा आफु निर्दोष रहेको जनाउदै धम्कीपूर्ण रुपमा लेखेका छन् , ‘तिमीहरु जे सक्छौ गर, तर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी प्रमाणित गर्ने कोशिष नगर । नत्र कलम भाचिन सक्छ, ढाड खुस्क्याइन सक्छ ।‘ यससंगै आफु रोल्पामा जन्मिएको र दाङको मानिस रहेको पनि धम्कीपूर्ण तवरबाट उल्लेख गरेका छन् । जुन पत्रकारलाई आतंकित पार्ने किसिमको अभिव्यक्ति हुन् । उनको यस धम्कीको विषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै धम्की दिने डिसीलाई कानुनी कारबाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments