Incident Reports

शिक्षकले कुटेर नीलडाम

2017-03-01

Bagmati, Kathmandu, Kathmandu, Ward 10

नयाँ बानेश्वरमा रहेको एम्बिसन एकाडेमीका शिक्षकले विद्यार्थीको अनुहारमा नीलडाम हुने गरी कुटेका छन् । एलटीसी शिक्षक दावा मोक्तानले मुक्का हानेर ५ कक्षामा अध्ययनरत जेनिश राईको देब्रे आँखाछेउ नीलडाम बनाएको अभिभावक मोहन राईले बताए । बेन्चबाट उठेर मसी भर्न बाहिर निस्कँदा मुक्का हानेको जेनिशले बताए । छोराको अनुहारै सुन्निने गरी कुटपिट गरेपछि शिक्षकलाई कारबाही गर्न माग गरे पनि विद्यालय प्रशासनले उल्टै थर्काएर पठाएको मोहनले बताए । ‘मेरो छोरा कुट्ने शिक्षकलाई कारबाही हुनुपर्छ भनेर प्रिन्सिपललाई भन्दा उनले तपाईंले जे गर्न सक्नुहुन्छ गर्नुस् मेरो शिक्षकलाई केही गर्दिनँ भने,’ मोहनले भने । कान्ति बाल अस्पतालमा छोराको जाँच गराउँदा आँखा र अन्य भागमा असर परेको हुन सक्ने चिकित्सकले जानकारी दिएपछि राई परिवार चिन्तित भएका छन् । उनले शिक्षकलाई कारबाहीको माग राखेर बालबालिका खोजतलास केन्द्रमा समेत उजुरी दिएका छन् । विद्यालयका प्रिन्सिपल विष्णु घिमिरेले शिक्षकको कमजोरी भएको स्वीकार गरे । ‘शिक्षकले कुटेछन् । त्यस्तो गर्नु हुँदैनथ्यो,’ उनले भने, ‘कमजोरी भएको हो । गल्ती गर्ने शिक्षकलाई कारबाही गर्छौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments