Incident Reports

सार्वजनिक जग्गाको विषयमा विवाद बढेपछि स्थानीय बासिन्दाबीच झडप, १२ जना घाइते

2017-03-04

Province 1, Sunsari, Bhokraha, Ward 7

सुनसरी खोलाले छाडेको नरसिंह-४ को करिब दुई कठ्ठा सार्वजनिक जमिनमा घाट बनाउने र बनाउन नदिने समूहबीच शनिबार बिहान झडप भएको छ । झडपमा स्थानीय १२ जना घाइते भएका छन् । दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयले बोलाएर सार्वजनिक जग्गा कब्जा नगर्न सम्झाएको छ । बविया र नरसिंह जोड्ने सुनसरी खोलाको पुलपारि सार्वजनिक जग्गामा एक समूहले पिलर गाडेर कब्जा गर्न खोजेपछि अर्को समूहले उखेलेर फालिदिएको थियो । सोही बेला दुवै पक्षबीच हात हालाहाल भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार विवादित जग्गाका विषयमा स्थानीय प्रशासनको रोहवरमा बसेर दुई पक्षबीच छलफल भइरहँदा गाउँलेहरुबीच आरोप-प्रत्यारोप चलिरहेकै बेला सामान्य झडप भएको हो । झडपमा परी इसाद अन्सारी, रसिद अन्सारी, कलिम अन्सारी, सञ्जय यादव, बेचन यादव, रसिद मियाँ, अरुन मियाँ, सुभान मियाँ, सहिद मियाँ, जर्मुद्दिन मन्सुरी, रहिस मियाँ, आलम मियाँ, भोला मियाँ, धीरेन्द्र यादव, दिपेश यादव, जोहोरा खातुन, रोजी खातुन लगायत घाइते भएका छन् । शनिबार दिनभरि घटनास्थल वरपर ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको छ । सम्भावित मुठभेडलाई रोक्न सुरक्षाकर्मी पुलवारि पारि गर्न र बोटोमा समूह बनाएर हिँड्न दिएको छैन । दुईपक्षीय झडपको क्रममा घाइते भएकाहरुको उपचार इनरुवा, धरान र विराटनगरका अस्पतालहरुमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of public land
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 24
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments