Incident Reports

सुर्ती नदिएपछि छिमेकीलाई गोली प्रहार

2017-01-26

Madhes, Parsa, Paterwasugauli

सोनवार्षाको कन्हौली मुरहा गाउँमा सुर्ती नदिएपछि एकजना छिमेकीले अर्का छिमेकीलाई गोली हानी घाइते बनाएको छ । गोली लागि घाइते व्यक्तिलाई सोनवर्षाको पीएचसीमा भर्ती गरि उपचार भइरहेको छ । सोनवर्षाबाट खटिएको प्रहरीको टोलीलाई घटना स्थलबाट गोलीको खोखा र घाइते व्यक्तिको ज्याकेट बरामद गरेको छ । घाइते मुरहा ग्राम निवासी सत्येन्द मण्डलले आफ्नो बयानमा प्रहरीलाई भनेका छन् । ‘छिमेकी तलवर महतोले मसँग सुर्ती दिन माग गरेको थियो । सुर्ती दिन नमानेपछि हामीबीच विवाद शुरु भयो । रिसको आवेगमा महतोले ममाथि गोली चलायो’ । संयोगले गोली देब्रे हातमा लागि बाहिर गएकोले घाइते मण्डललाई गोलीले ठूलो घाउ बनाउन सकेन । घाइते मण्डलको सोनवर्षामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Sarlahi

0 Comments

Related Reports