Incident Reports

10 arrested for vandalism

2017-03-05

Madhes, Parsa, Birgunj

Parsa police has arrested 10 people including Prabhu Yadav Sah, a leader of Maoist Centre. They had vandalized Jagdamba industry in accusation of capturing public land. They are being held at ward police office in Shripur. They were arrested by the police while they were breaking the wall of Jagdamba industry. Munna Paswan of Chorni-1, Prabhu Prasad Yadav and Koshi Mahato of Chorni-2, Narendra Mandal of Chorni 4, Jitendra Prasad Yadav of Chorni-3, Dipendra Yadav, Bijay Mahato, Raj Kumar Mahati, Kishun Lal Mahato and Murlika Hejaju of Brigunj 27 were arrested by the Police. उद्योगमा तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले माओवादी केन्द्रका नेता प्रभु यादवसहित १० जनालाई पक्राउ गरेको छ । सार्वजनिक जग्गा अतिक्रणम गरेको भन्दै जगदम्बा उद्योग आइतबार दिउँसो तोडफोड भएको छ ।पक्राउ पर्नेमा चोर्नी–१ का मुन्ना पासवान, चोर्नी–२ का प्रभुप्र्रसाद यादव र काशी महतो, चोर्नी–४ का नरेन्द्र मण्डल, चोर्नी–३ का जितेन्द्रप्रसाद यादव, दीपेन्द्र यादव, विजय महतो, राजकुमार महतो, किशुनलाल महतो र वीरगन्ज–२७ मुर्लीका हेजाजु मियाँ छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । जगदम्बा उद्योगमा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । जगदम्बा उद्योग तोडफोड गर्नुको साथै पर्खाल भत्काउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए । ‘जगदम्बाको पर्खाल भत्काउनुको साथै उद्योगमा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘जाहेरी परेको छ, अनुसन्धान गरेर कारबाही पक्रिया अगाडि बढाउँछौँ ।’ जमिन अतिक्रमण गरेको आरोप स्थानीय बासिन्दाले ऐलानी जमिन अतिक्रमण गरेर उद्योगले पर्खाल लगाएको आरोप लगाएका छन् । अतिक्रमण हटाउने क्रममा प्रहरीले पक्राउ गरेको उनीहरूको दाबी छ । चोर्नी–६ मा रहेको जगदम्बा कंक्रिट उद्योग, चोर्नी–४ मा रहेको शिवशक्ति केमोप्लास्ट र चोर्नी–७ मा रहेको त्रिवेणी स्पेनिङ मिलेर छेउछाउमा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी पर्खाल लगाएको आरोप स्थानीयको छ । सरकारलाई अतिक्रमणबारे जानकारी दिए पनि सुनुवाइ नभएपछि भत्काएको चोर्नी–३ का सुजितप्रसाद यादवले बताए । जिल्ला प्रशासन, जिविस, नापी, मालपोत मात्रै नभएर प्रधानमन्त्री कार्यालयमा समेत सार्वजनिक जग्गा अतिक्रमण गरेको जानकारी दिएको उनको भनाइ छ । पाँच बिघाभन्दा बढी जमिन अतिक्रमण गरेर उद्योगहरूले पर्खाल लगाएको उनको दाबी छ । ‘सबैतिर निवेदन दिँदा पनि सुनुवाइ नभएपछि आक्रोशित गाउँले प्रभु यादवको नेतृत्वमा अतिक्रमण हटाउन गएका हुन्,’ यादवले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of public land
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments