Incident Reports

Employees of local bodies perform sit in

2017-03-12

Madhes, Bara, Jitpur Simara

The employees of Gadhimai Metropolitan Office, Jitpur halted their work and performed a sit-in program at the office gate on Sunday putting forward various demands. On Monday,the employees have planned not to let the office heads of DDC, VDC, Metropolitan Office to enter their respective offices. Bhagawati Rimal, Central member of Nepal Metropolitan employee committee said, we performed sit-in program demanding permanent status to those around 6,000 employees of the bodies working on temporary or contract basis. स्थानीय निकायको नयाँ संरचना तथा स्थानीय निकायको विकास, विस्तारअनुरूप कर्मचारीहरूको व्यवस्थापन गर्नको लागि पटकपटक ध्यानाकर्षण तथा मागपत्र प्रस्तुत गर्दा पनि बेवास्ता गरिएकोले बाध्य भई मुलुकभरिको स्थानीय निकायका कर्मचारीहरू आन्दोलनसहित कामकाज ठप्प पार्न बाध्य भएको स्थानीय कर्मचारी जिल्ला संयुक्त आन्दोलन परिचालन समिति बारा एवं गढीमाई नपा समिति जीतपुरका संयोजक जाबिर हुसेनले बताएका छन्। केन्द्रीय समितिको कार्यक्रम अनुसार आइतवार गढीमाई नपा जीतपुरका सम्पूर्ण कर्मचारीले कार्यालयको मूलगेटमा धर्ना दिए। सोमवार जिविस, गाविस, नगर, उपमहानगरपालिकाका अधिकृतहरूलाई कार्यालय प्रवेशमा निषेध गर्ने कार्यक्रम रहेको छ। माग पूरा नभएसम्म अनिश्चितकालीन कामकाज ठप्प पार्ने कार्ययोजना रहेको आन्दोलन परिचालन समिति बाराका सदस्य जाकिर हुसेनले बताए। निजगढ नगरपालिकाको स्थानीय निकायका कर्मचारी आइतवार कामकाज ठप्प पारी धर्नामा बसेका थिए । स्थानीय निकायमा रहेका अस्थायी तथा करार कर्मचारीहरूको सेवालाई निरन्तरता दिंदै स्थायित्व र व्यवस्थापन गर्नुपर्ने, कर्मचारी समायोजन गर्दा कर्मचारीको चाहना अनुसार घरपायक समायोजन गरिनुपर्ने, स्थानीय निकायमा हाल रहेको विद्यमान दोहोरो कर्मचारीतन्त्रको अन्त्य गर्नुपर्ने, स्थानीय सरकारका कर्मचारीहरूको अभिलेख, सेवासुविधा र सर्तको विषयमा एकरूपता कायम हुने गरी प्रदेशले कानून बनाइ कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्नेलगायतका माग राख्दै कामकाज ठप्प पारिएको हो। केन्द्रको निर्णय अनुसार देशभरि नै कामकाज ठप्प पारी कार्यालयको मूल गेटमा धनर्F दिएको नेपाल नगरपालिका कर्मचारी एसोसियसन बाराका सचिव नवीन खनालले बताए। देशभरिका ६ हजारभन्दा बढी स्थानीय निकायमा कार्यरत कर्मचारीहरूको भविष्यसँग सरकारले खेलवाड गरेको जनाउँदै सेवासुविधासहितको स्थायित्व गर्नुपर्ने माग राख्दै केन्द्रीय कार्यक्रम अनुसार कामकाज ठप्प पारी धर्ना बसेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य भगवती रिमालले बताइन् । बन्दका कारण नागरिकता सिफारिस, घटना दर्ता, घरजग्गा नक्सापास, फोहोरमैला व्यवस्थापनलगायतका प्रशासनिक कामकाज पूर्णरूपमा प्रभावित भएको छ। नेपाल नगरपालिका कर्मचारी एसोसियसन, स्थानीय निकाय कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, गाविस कर्मचारी सङ्घ, केन्द्रीय पार्षद् स्थानीय कर्मचारी युनियनको संयुक्त कार्यक्रम अनुसार देशव्यापी कामकाज ठप्प पारिएको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments