Incident Reports

पतिद्वारा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या l

2013-04-28

Province 1, Morang, Ratuwamai

Deepen Neupane मोरङ । वैशाख १६ गते सिजुवा गाविस-६ की ५२ वर्षीया गङ्गा दाहाललाई उनका पति ६२ वर्षीय टीकाराम दाहालले धारिलो हतियार प्रहार गरी वैशाख १५ गते हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाका सई चुडामणि पौडेलका अनुसार घरायसी विवादका क्रममा पतिले पत्नी गङ्गाको छातिमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । लासको उर्लाबारी गाविस-६ मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम भएको छ । आरोपितलाई प्रहरीले वैशाख १५ गते नै गिरफ्तार गरेको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis