Incident Reports

Clash between locals of Pidarighat and Indian sand extractors | सीमावर्ती ओरिया नदीमा फेरि झडप, चारजना घाइते, दुई राउन्ड हवाइ फयर |

2017-02-23

Madhes, Parsa, Jagarnathpur

Clash erupt between the locals of Pidariguth of Parsa and the India sand extractors when local people try to stop them from digging sand from Nepali land in an illegal way today. 4 locals were injured in a clash. The locals who got injured are Jaleshwor Sha, Tapeshwor Dash Tharu, Shiva Prasad Mahato and Hiralal Hajara. They got injured when Indian sand extractor attacked local people by throwing stones over them all of sudden. Locals fired two bullets in the air defending the attack after which the extractors ran away. locals have also vandalized 2 tractors. सीमावर्ती पिडारीगुठीका बासिन्दा तथा ओरिया खोलाका भारतीय बालुवा तस्करबीच आज फेरि झडप भएको छ । झडपमा स्थानीय चारजना घाइते भएका छन् । घाइते हुनेमा जलेश्वर साह , तपेश्वर दास थारू, शिवप्रसाद महतो नुनिया र हीरालाल हजरा रहेका छन् । आज बिहान ३०/३५ वटा टयाक्टर लिएर भारतीयहरू नेपाल प्रवेश गरी बालुवा झिक्न थालेपछि स्थानीयले रोक्न खोज्दा विवाद शुरु भएको थियो । भारतीय चालकहरूले भारतीय भूमिमा बालुवा नझिकी नेपाली भूभागबाट बालुवा झिक्न लाग्दा जग्गाधनीहरूले अवरोध गरेका थिए । सो क्रममा भारतीयहरूले चलाएको ढुङ्गा लागी चारजना घाइते भएका प्रहरीले जनाएको छ । साहको टाउकोमा आठवटा टाँका लागेको छ । झडपमा पिडारीगुठीवासीले भरुवा बन्दुकबाट दुई राउन्ड हवाइ फायर पनि गरेको बुझिएको छ । स्थानीयले दुईवटा टयाक्टर तोडफोड गरेका छन् । भारतीयहरूले अचानक ढुङ्गामुढा गर्न थालेपछि प्रतिकारमा नेपालीहरूले पनि उनीहरूमाथि लाठी र ढुङ्गा प्रहार गरेको स्थानीय कारी चौधरीले बताए । नेपालीहरूले हवाइ फायर गरेपछि भारतीयहरू टयाक्टर लिएर खोलाबाट भागेको स्थानीयवासीले बताएका छन् । घटनास्थलबाट प्रहरी चौकी पिडारीगुठी पाच सय मिटर मात्रै टाढा भए पनि घटनास्थलमा झडप भएको एक–डेढ घण्टापछि बोर्डर आउटपोस्ट भिखमपुरबाट सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने ओरिया खोलामा भारतीयहरूले नेपाली भूमिभित्र पसेर बालुवा उत्खनन गर्न थालेपछि पिडारीगुठी गाविसका स्थानीयले रोक्न खोज्दा तनाव भएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Totally damaged Vehicles 2
Local Newspaper - Parsa

0 Comments