Incident Reports

गौतम हत्याविरुद्व माओवादीद्वारा प्रदेश सात बन्द

2017-03-10

भारतीय सीमा सुरक्षा बलको ज्यादतीविरुद्व नेकपा माओवादी केन्द्रले प्रदेश ७ बन्द गरेको छ । भारतीय सुरक्षाकर्मीको गोलीबाट बिहीबार कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतम मारिएको विरोधमा शुक्रबार बिहानैदेखि प्रदेश सात बन्द गराएको हो । अहिले माओवादीले प्रदर्शन जारी गरेको छ । प्रदेश सात का इन्चार्ज लेखराज भट्टले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका थिए । गौतमको हत्या भएपछि कैलाली, कञ्चनपुरमा शुक्रबार पनि तनाव छ । पुनरवासमा भारतीय व्यापारीयको लगानीमा रहेको क्षे १ च ९६११ ट्याक्टर नेपालीले आगजानी गरेका छन् । माओवादीले गौतम आफ्नो कार्यकर्ता भएको विज्ञप्तिमा जनाएको छ । गौतमलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेको छ । माओवादी केन्द्र कैलाली संयोजक बिरबहादुर थापा(पातल)ले विज्ञप्ति जारी गरी बन्द सफल पार्नसमेत आह्वान गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments