Incident Reports

विरामी कुरुवा महिलालाई दुर्व्यवहार गर्ने प्रहरी नियन्त्रणमा l

2013-04-27

Manohar Kumar Pokharel सप्तरी । वैशाख १५ गते विरामी कुरुवा महिलालाई ०७० वैशाख १४ गते राति १० बजे यौन दुर्व्यवहार गरेको आरोपमा सगरमाथा अञ्चल अस्पताल विटमा कार्यरत प्रहरी जवानहरू २८ वर्षीय आशाराम मेहता र २२ वर्षीय प्रभाष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरामी छोराको उपचारका लागि आएकी गम्हरिया प्रवाहा गाविस-६ भिमपुरकी २८ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा अस्पताल सुरक्षार्थ खटिएका प्रहरी जवान मेहता र मण्डललाई प्रहरीले हिरासतमा राखेको डिएसपी श्यामसिंह चौधत्ररीले बताए । प्रहरीहरूबाटै कुरुवा महिलामाथि यौन दुर्व्यवहार भएको भन्दै अर्का एक कुरुवा हनुमाननगर गाविसका सकिल अलीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयले आरोपित प्रहरीद्वयलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डिएसपी चौधरीले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis