Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-03-12

Gandaki, Parbat, Bihadi

माझफाँट-६ का २४ वर्षीय दिलबहादुर नेपाली र सोही ठाउँकी २१ वर्षीया सुनिता नेपालीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २७ गते बहुविवाह गरेको आरोपमा दिलबहादुरकी जेठी पत्नी कुमारी नेपालीले फागुन २९ गते फोनमार्फत सूचना दिएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले आरोपितद्वयलाई गिरफ्तार गरेको हो । पीडितको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका डिएसपी शेखर खनालले जानकारी दिए ।

0 Comments