Incident Reports

स्थानीयले बनाए नयाँ गाउँपालिका

2017-03-13

छथर गाउँपालिकाअन्तर्गत तीन गाविसका स्थानीय बासिन्दाले सरकारले तोकेको गाउँपालिकाको केन्द्रप्रति असन्तुष्टि जनाउँदै जोरपाटीमा नयाँ कार्यालय स्थापना गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास मन्त्रालयले छथर जोरपाटी गाउँपालिकाको केन्द्र कार्यालय तांखुवा गाविसको काजिमाने बजारमा राख्न जिल्ला समन्वय समितिलाई परिपत्र गरेको थियो । तर उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै तीन गाविसका बासिन्दाले सोमबार जोरपाटी बजारमा छथर जोरपाटी गाउँपालिकाको कार्यालय स्थापना गरेका हुन् । स्थानीय जनताले काजिमाने बजारमा गाउँपालिका कार्यालय स्थापनाका लागि हिँडेका गाउँपालिका प्रमुख उपेन्द्र श्रेष्ठलगायतको टोलीलाई जोरपाटी बजारमा अबिर–मालासहित भव्य स्वागत गरेर नयाँ कार्यालयमा भित्र्याएका थिए । जोरपाटीमा भेला भएका स्थानीयले सर्वदलीय भेला गरी जोरपाटीमै केन्द्र राख्ने गरी दबाब दिन हस्ताक्षर अभियान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सिफारिस गर्ने क्रममा साविक चारै गाविसको सर्वदलीय भेलाले तांखुवाको जोरपाटीमा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको सर्वदलीय समितिका संयोजक मेघेन्द्र गुरुङले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis