Incident Reports

बालविवाह विरुद्ध उजुरी l

2013-04-29

Nati Babu Dhital सिन्धुपाल्चोक । वैशाख १७ गते बतासे गाविस -१ भोटेफुल्पीङका २२ वर्षीय विकाश तामाङले गुम्बा गाविस -१ की १४ वर्षीया बालिकासँग बालविवाह गरेको भन्दै पीडितका बावु जोरबहादुर तामाङले ०७० वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा बालबिवाह विरुद्ध उजुरी दिएका छन् । पीडित पक्षको भनाइअनुसार पीडकले वैशाख ११ गते जबरजस्ती बालविवाह गराएका हुन् । पीडितका बावुले दिएको उजुरीमा बिकाश तामाङ र उनका बावु निरबहादुर तामाङलाई बिपक्षी बनाइएको छ । नातीबावु धिताल

0 Comments