Incident Reports

सामूहिक बलात्कारको आरोपमा प्रहरीसहित चार आरोपित गिरफ्तार l

2013-04-29

Deepen Neupane मोरङ । वैशाख १७ गते एक १९ वर्षीया महिलालाई वैशाख १५ गते राति कटहरी गाविस-३ स्थित खेतमा बलात्कार गरेको आरोपमा एकजना प्रहरीसहित चार जनालाई प्रहरीले विराटनगरबाट वैशाख १६ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्त डीएसपी दीपक पोखरेलका अनुसार, गिरफ्तार हुनेहरूमा विराटनगर उमनपा-१ भट्टाचेकमा सीआरभी पोष्टमा कार्यरत प्रहरी जवान पेशल सुनुवार, विराटनगर-१ कै १९ वर्षीय हेमनारायण खवास, २० वर्षीय राजु मण्डल, २७ वर्षीय रोशन राजभण्डारी रहेका छन् । घटनामा संलग्न २६ वर्षीय मनोज मण्डल फरार रहेका छन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा वैशाख १६ गते स्वास्थ्य परीक्षण भएको थियो । आरोपितमध्येका एकजनाले पीडितलाई विराटनगर उमनपा-४ स्थित डेराबाट बोलाएर सो घटना गराएका थिए । घटनापछि सीआरभी प्रहरीलेको गस्ती टोलीले पीडितलाई विराटनगर उमनपा-१ स्थित भट्टाचोकमा बेहोस अवस्थामा फेला पारी राति नै उद्दार गरेको थियो । प्रहरी जवान पेशललाई निलम्बन गरिएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis