Incident Reports

प्रहरी पत्नीद्वारा न्यायको माग गर्दै उजुरी l

2013-04-30

Dipen Neupane मोरङ । वैशाख १८ गते उदयपुर जिल्ला पच्चावती गाविसकी २२ वर्षीया बिनीता आचार्यले उनका पति प्रहरी जवान टेकप्रसाद नेपालले कुटपिट गरी घर निकाला गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरमा ०७० वैशाख १८ गते उजुरी दिएकी छन् । जिल्लास्थित सुरक्षा निकायमा उजुरी दिँदा पनि सुनुवाइ नभएको भन्दै उनले पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी दिएकी हुन् । उजुरीमा उनले पतिले ०६९ भदौमा पहिलो पत्नीबाट सन्तान नभएको भन्दै आफूलाई दोस्रो पत्नीका रुपमा विवाह गरेको उल्लेख गरेकी छन् । डीएसपी भोजराज खतिवडाले उजुरीउपर छानविन गरिने र सत्य भए प्रहरीलाई विभागीय कारबाही हुने बताए । पीडितका पति सप्तरी जिल्लामा कार्यरत रहेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis