Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-03-17

Gandaki, Lamjung, Besishahar

बहुविवाह गरेको आरोपमा प्यूठान नपा-३ स्थायी घर भई हाल बेंसीशहर नपा-८ बस्दै आएका २९ वर्षीय कृष्ण कुमाल र २३ वर्षीया मञ्जु बिकलाई प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ । आरोपित कृष्णकी जेठी पत्नी २५ वर्षीया बसन्त कुमालले चैत १ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बुद्धिसागर पुरीले जानकारी दिए । आरोपितद्वयले दुई वर्षअघि विवाह गरी बेंसीशहरमा बस्दै आएका पीडित महिलाले आरोप लगाएकी छन् । आफन्तको सहयोगमा आरोपितद्वय बेंसीशहरमा बसिरहेको भन्ने थाहा पाएपछि कृष्णकी जेठी पत्नी बसन्तले प्रहरीमा उजुरी दिएको बताएकी छन् ।

0 Comments