Incident Reports

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

2016-10-01

Madhes, Siraha, Karjanha, Ward 1

एक सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला बल्हागोठ गाविस-२ घर भई हाल बडहरामाल-२ बस्ने २७ वर्षीय अनवारुल भन्ने मिजारुल शेखलाई जिल्ला अदालतले १३ वर्षकैद तथा २० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले चैत २ गते सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले बताए । बालिकालाई बलात्कार गरेको आरोपमा आठ वर्ष तथा सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा थप पाँच वर्षगरी १३ वर्षकैदको फैसला भएको दनुवारले बताए । पीडित बालिकालाई आरोपितलाई असोज १५ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितको परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज १५ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १५ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई असोज १५ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित कार्तिक १० गतेदेखि पुर्पक्षको लागि थुनामा रहेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments