Incident Reports

बोक्सी को आरोप मा महिला सग दुर्व्यवहार l

2013-05-01

रुपन्देही । वैशाख १९ गते नातेदारको विवाहमा निम्तो मान्न गएकी गङ्गोलिया गाविस-४ गङ्गोलियाकी ४० वर्षीया चमेली चौधरीमाथि उनकै नातेदारले बोक्सी आरोपमा दुर्व्यवहार गरेका छन् । वैशाख १३ गते भएको उक्त घटना ६ दिन अघिमात्र सार्वजनिक भएको छ । पीडितले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा १८ गते जाहेरी दिएपछि घटना बाहिर आएको हो । चौधरीले सोही ठाउँका आफ्ना नन्दज्वाइ घनश्याम चौधरीलगायतबाट दुर्व्यबहार भएको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । घटनाका मुख्य अभियुक्त घनश्याम प्रहरीका पूर्व असई हुन् । भान्जा किरणको विवाहको निम्तो मान्न छिमेकमा रहेको नन्दको घरमा गएका बेला उनीमाथि बोक्सी आरोपमा दुर्व्यबहार भएको हो । विवाह पार्टीको राति भएको नाचगानका क्रममा नाच्दा नाच्दै दुलाहा किरण ढलेपछि बोक्सी लागेर ढलेको भन्दै आफुमाथि दुर्व्यवहार सुरु भएको पीडितले बताएकी छन् । प्रहरीले पीडितको उजुरीका आधारमा एक महिलासहित सोही गाउँका ५ जनालाई वैशाख १८ गते पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक पोषराज पोखरेलले बताए । गंगोलिया गाविस-३ बरौलियाकी नन्द मुक्ति, नन्दज्वाई घनश्याम, झारफुक गर्ने सन्तु हरिजन तथा छिमेकीहरू केशव चौधरी र फागु चौधरीलाई गिरफ्तार गरेर अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताए । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis