Incident Reports

मधेसी मोर्चाद्वारा रुपन्देहीका ३ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

2017-03-20

Lumbini, Rupandehi, Marchawari

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्लाका ३ वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले मर्चवारीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र सेमरीमाई गाउँपालिकामा तालबन्दी गर्दै साइनबोर्ड पनि हटाएको हो । सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन घोषणा गरेकाले केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको मोर्चाको एक घटक सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओम प्रकाश यादव गुल्जारीले बताए । उनले संविधान संशोधन नगरे मधेस क्षेत्रमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने चेतावनी समेत दिए । उनले अब मर्चवार क्षेत्रमा मात्र नभई जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गरिने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports