Incident Reports

पतिद्वारा पत्नीको हत्या l

2013-05-04

Narayan Parajuli नवलपरासी । वैशाख २२ गते शिवमन्दिर गाविस २ निवासी २७ वर्षीया पार्वती पौडेललाई पति ३८ वर्षीय विश्वास पौडेलले सामान्य घरायसी विवादमा ०७० वैशाख २१ गते राति ११ः३० बजेको समयमा सिलौटोले प्रहार गरी सुतेकै विस्तरामा हत्या गरेका छन् । हत्याको विरोधमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कावासोतीमा जाहेरी दिएका छन् । आरोपित विश्वासले प्रहरीसमक्ष आत्मसमर्पण गरेको र घटना स्वीकारेका छन् भने पीडत पक्षले हत्यारालाई फाँसी र हदैसम्मको कारबाहीको माग गर्दै विरोध प्रदर्शन र नाराबाजी गर्दै २ घण्टा चक्काजाम समेत गरेका छन् । सोही क्रममा लास निकाल्न नदिएकोले पीडित र पिडक पक्षबीच झडप हुने अवस्था सृजना भएको भन्दै घटनास्थल अगाडि चार राउण्ड अश्रुग्याँस र २ राउण्ड फाइरिङ्ग गर्नुपरेको राष्ट्रिय अनुसन्धानले जनाएको छ भने स्थानीयहरूले ८/१० सेल अश्रु ग्यास र ४/५ राउण्ड गोली चलाएको बताएका छन् । घटनामा स्थानीय पार्वती देवकोटाको खुट्टा भाँचिएको प्रहरीले जानकारी गराएको छ । लासको चितवनस्थित मेडिकल कलेजमा पोष्टमार्टम भएको थियो । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis