Incident Reports

मोर्चाले मेट्यो समन्वय समितिको बोर्ड

2017-03-20

Madhes, Parsa, Birgunj

नयाँ संविधानको व्यवस्था अनुसार निर्धारित स्थानीय तहको संरचना र संविधान संसोधनअघि स्थानीय निकायको निर्वाचनको विरोधमा रहेको मधेशी मोर्चाले जिल्ला समन्वय समिति पर्साको कार्यालयको बोर्डमा कालो पोतेको छ । साविक जिल्ला विकास समितिको कार्यालय जिल्ला समन्वय समितिमा रुपान्तरित भएपछि बनाइएको साइनबोर्ड एक हप्ता नबित्दै मोर्चाका कार्यकर्ताले मेटाउनका लागि सोमबार बिहान कालो पोतेका हुन्। साइनबोर्ड मेट्दै स्थानीय तह संचालन र निर्वाचन हुन नदिने मोर्चाका स्थानीय नेताहरूले घोषणा गरे । संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका पर्सा अध्यक्ष प्रेमबाबु पटेल, सद्भावनाका पर्सा उपाध्यक्ष ईश्वरचन्द्र यादव लगायतको नेतृत्वमा पुगेका कर्मचारीहरूले मूल गेट र समितिको कार्यालय भवनमा लेखिएका बोर्डमा कालो पोतेका थिए । ‘अहिले स्थानीय तह निर्धाण गरिए अनुसार ५१ प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशमा ३० प्रतिशतभन्दा कम स्थानीय निकाय बनेको छ,’ फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘मधेशमा सुनियोजित रुपमा प्रतिनिधित्व घटाउन र विकास बजेट ३० प्रतिशत मात्र आउने गरी अहिले स्थानीय तह निर्धारित गरिएको छ, यहाँको जनताले यो बद्मासी बुझेका छन्, जनता हाम्रो साथमा छन्, हामीलाई अहिलेको गाउँपालिका र नगरपालिका मान्य छैन् ।’ स्थानीय तहको सन्दर्भमा आफूहरूको न्यायपूर्ण राजनीतिक मागहरूलाई सरकारले सुनुवाई गर्ने छाँटकाट नदेखाएकोले यस प्रकारले विरोध जनाउन बाध्य भएको उनले बताए । सरकारी संयन्त्र र सुरक्षा फौज लगाएर सरकारले मधेशमा बलजफ्ती चुनाव गराउन चाहे आफूहरूले कडा प्रतिवाद गर्ने सद्भावना पार्टीका वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफले प्रतिक्रिया दिए । पूर्व राज्यमन्त्री करिमा बेगम, नेताहरू बिरेन्द्र यादव मुस्तकिम अन्सारी लगायतले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Female Injured 00
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Saptari

0 Comments

Related Reports