Incident Reports

अज्ञात समूहद्वारा पुरुषको हत्या l

2013-05-05

Madhes, Saptari, Khadak

Manohar Kumar Pokharel सप्तरी । वैशाख २२ गते खोजपुर गाविस-८ स्थित चापिन खोलाको डिलमा ५० वर्षजतिका एक पुरुषको अज्ञात व्यक्तिहरूले धारिलो हतियार घाँटीमा प्रहार गरी हत्या गरेको अवस्थामा ०७० वैशाख २२ गते लास फेला परेको छ । घाँटी काटी विभत्स हत्या गरी शरीर माटोमा गाडिएको र टाउको ५ सय मिटरको दुरीमा फालिएको अवस्थामा ०७० वैशाख २२ गते बिहान ९ बजे लास फेला परेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सई दिवाकर कटवालले बताए । सई कटवालले लासको सनाखत हुन नसकेको बताए । आँखा निकालिएको, धारिलो हतियारले टाउको अलग पारिएको, अनुहार किच्याएर नचिनिने भएको अवस्थामा लास फेला परेको थियो । बिहान घाँसदाउरा गर्न जाने व्यक्तिले लास देखेर प्रहरीमा खबर गरेका थिए । लासको सगरमाथा अञ्चल अस्पताल राजविराजमा पोष्टमार्टम हुन नसक्ने चिकित्सकहरूले बताएपछि अन्यत्र सुविधाजन्य अस्पतालमा लैजाने तयारी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis