Incident Reports

काठमाडौंकाे जमलमा भएकाे राप्रपाको प्रदर्शनमा अश्रुग्यास प्रहार

2017-03-20

Bagmati, Kathmandu, Kathmandu, Ward 1

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो । राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ । सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् । धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए । राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो । राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न’ भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा ‘नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांशसमेत उल्लेख थियो । राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 12
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports