Incident Reports

बालिकाको बलात्कारपछि हत्या गर्ने युवालाई २० वर्षकैद सजायl

2013-05-05

Province 1, Dhankuta, Chhathar

धनकुटा । वैशाख २२ गते मारेककटहरे गाविस-४ स्थायी घर भई हाल परेवादिन गाविस-७ नाम्जाङस्थित दिदीभेनाकोमा बस्दै आएकी ११ वर्षीया बालिका मन्दिरा कटुवाललाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै परेवादिन गाविस-७ का २० वर्षीय योगेन्द्र घिमिरेलाई ०७० वैशाख २२ गते २० वर्षको कैद सजाँय सुनाएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा गिरफ्तार गरिएका अन्य सोही स्थानका ६५ वर्षीय पहलमान घिमिरे र ४० वर्षीया लक्ष्मी घिमिरेलाई भने घटनामा संलग्न नरहेको पाइएकोले सफाइ दिइएको जिल्ला अदालतले जनाएको छ । मृत्तक बालिकालाई घाँस काट्न गएको बेला ०६९ मंसिर १३ गते घरनजिकैको जंगलमा बलात्कारपछि हत्या गरिएको थियो । हत्याको आरोपमा पीडकहरूलाई ०६९ मंसिर २० गते घरैबाट गिरफ्तार गरी कर्तव्यज्यान अन्तर्गतको मुद्दा दायर गरेको थियो । सो घटनापश्चात् मृतकका काका ५० वर्षीय एत्नबहादुर कटुवालले ०६९ मंसिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । मृत्तकको सोही दिन जिल्ला अस्पतालमा पोष्टमार्टम भएको थियो । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis