Incident Reports

पत्रकारलाई ज्यान मार्ने धम्की

2017-03-20

Madhes, Siraha, Lahan

सिरहास्थित नयाँ पत्रिका दैनिकका समाचारदाता दिलीप सिंहलाई एक निजी विद्यालयका प्रिन्सिपलले ज्यानमार्ने धम्की दिएका छन्। आफूलाई एसइई परीक्षामा चिट चोराउने नक्कली निरीक्षक पक्राउ परेको सामाचार सम्प्रेशन गरेकै कारण देव आइडिअल इङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल मुरारी प्रसाद साहले धम्की दिएको सिंहले बताए। लहानस्थित सीता नोबेल न्युज सेन्टरमा सामाचार लेखिरहेको बेला प्रिन्सिपल साहले नक्कली निरीक्षक पक्राउ परेको सामाचार किन छापेको भन्दै गालिगलैज गर्दै ज्यान मार्ने धम्की दिएको अडिओ रेकर्ड आफूसँग सुरक्षित रहेको सिंहले बताए। माध्यमिक शिक्षा परीक्षा(एसइई) अन्तर्गत मावि पडरिया थारु टोल केन्द्रमा आइतबार गणित विषयको परीक्षामा निमित्त प्रमुख जिल्ला अधिकारी सोमराज भट्टराई, प्रहरी उपरीक्षक शेखर कोइरालासहितको अनुगमन टोलीले चिट चोराउने नक्कली निरीक्षक अनिल महतोलाई पक्राउ गरेको थियो। सिंहले भने, 'म सामाचार लेखिरहेको थिए। सो ठाउमा आएर समाचार किन लेखेको भन्दै मारेर टुक्रा-टुक्रा पारी फालिदिन्छु' भन्दै साहले धम्काए। शिक्षा पेसाका जिम्मेवार व्यक्तिले सञ्चारकर्मीलाई सार्वजनिक स्थलमा मार्ने धम्की दिने कार्य अपराधिक भएको भन्दै प्रेस चौतारी सिरहाका अध्यक्ष रामभरोसी भहतोले विज्ञप्तीमार्फत घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग गरेको छ। आरोपित प्रिन्सिपल साहले सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिँदै सामाचारकै विषयमा विवाद हुँदा आफूले पत्रकार सिंहलाई गालीगलौज गरी कुट्ने भनेको स्वीकारे।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Siraha

0 Comments