Incident Reports

मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

2017-03-20

Province 1, Morang, Biratnagar

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले चैत ७ गते जिल्ला समन्वय समिति मोरङको कार्यालयमा तालबन्दी गरेको छ । सङ्घीय समाजबादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गएको टोलीले कार्यालय खुल्ने समयमा तालाबन्दी गर्दै सूचना पाटीसमेत तोडफोड गरेको छ । तालाबन्दीपछि उनीहरूले कार्यालय अगाडि नाराबाजी गरेका थिए । तालाबन्दीका कारण कार्यलयको काम ठप्प भएको छ । मोर्चाका कार्यकर्ताले मोरङको सुनबर्षि नगरपालिका तथा तीन वटा गाउँपालिकामासमेत तालाबन्दी गर्दै कागजपत्र नियन्त्रणमा लिएका मोर्चाले जनाएको छ । फोरमका अध्यक्ष यादवले सुनबर्षि नगरपालिका सहित कटहरी, दादरवेरिया, धनपाल गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको बताए । अध्यक्ष यादवले मधेस र मधेसीका माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने बताए । उनल चैत ३० गतेसम्म यो अभियानलाई निरन्तरता दिने बताए । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रीय कार्यक्रम अनुसार तालाबन्दी गरिएको मोर्चाको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports