Incident Reports

व्यवस्थापन समिति चयनमा कुटाकुट, ३ जना घाइते

2017-01-30

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 5

न्वाली ७ विटकमस्थित भूमिराज दोगाडा प्राथमिक विद्यालयमा व्यवस्थापन समिति चयनमा स्थानीय दुई समूहबीचको विवादमा कुटाकुट हुँदा ३ जना घाइते छन् । सोमबार अभिभावक भेला चलिरहेका बेला आपसमा भएको विवादले उग्ररुप लिँदा कुटाकुट भएको हो । कुटपिटमा स्थानीय बहादुरसिंह ऐरी, शेरसिंह ऐरी र विद्यालयका कार्यालय सहयोगी प्रेमसिंह ऐरी घाइते भएका छन् । बहादुर र शेरसिंहको टाउकोमा चोट लागेको छ । कार्यालय सहयोगी ऐरीले सबै अभिभावकले विद्यालयबारे बोल्न पाउनुपर्ने माग गरेपछि अर्को समूहले हातपात सुरु गरेको स्थानीयले बताए । कुटपिटमा संलग्न आरोपमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ झगडाको खबर आएपछि खोचलेक चौकीबाट प्रहरी पठाएर संलग्नलाई जिल्ला ल्याएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
Local Newspaper - Saptari

0 Comments

Related Reports
Related Trend Analysis