Sur Bahadur Pariyar
कैलाली । वैशाख २१ गते
बलिया गाविस-८ स्थित लम्की बजारमा रहको पायोनियर एकेडिमी बोर्डिङ्ग स्कुलको नाममा रहेको भे १ ख १२८१ नम्वरको स्कुल बसलाई अज्ञात समूहद्वारा आगजनी गरेको छ ।
विद्यालय परिसरमा राखिएको स्कुल बसमा ०७० वैशाख २० गते करिब २ बजे रातिको समयमा अज्ञात समूहबाट आगजनी भएको इलाका प्रहरी कार्यालय इन्स्पेक्टर चक्र शाहले जानकारी दिए ।
घटना कसले र किन गरेको खुल्न नसकेकाले यसबारेमा अनुसन्धान भइरहेको र विद्यालय प्रशासनले स्कुल बस आगजनीमा संलग्नलाई कारवाहीको माग गदै ०७० वैशाख २० गते इलाका प्रहरी कार्यालय, लम्कीमा जाहेरी दिएको इन्स्पेक्टर शाहले जानकारी दिए ।
सुरबहादुर परियार