Incident Reports

सामूहिक बलात्कारबाट पीडित युवतीको उपचार हुँदै l

2013-05-02

Sangita Bhat स्याङजा । वैशाख २० गते सामूहिक बलात्कारबाट पीडित एक १८ वर्षीया युवतीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । सामान्य बिरामी भएर रामपुर अस्पतालमा उपचार गरी घर फर्कने क्रममा पीडित युवतीमाथि साँखर गाविसमा वैशाख १८ गते सामूहिक बलात्कार भएको थियो । दुई ओटा मोटरसाईकलमा आएका उक्त समूहले सोही गाविसस्थित जङ्गलमा लगी बलात्कार गरेको स्थानीयबासीले बताए । पीडित युवतीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकलमा कलेज पाल्पामा लगिएको अस्थायी प्रहरी चौकी साखरका प्रमुख सोमबहादुर कुमालले बताए । पीडक युवाहरू फरार रहेकोले खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनायो । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis