Incident Reports

महाकाली बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलका कार्यकर्ताबीच कुटाकुट

2017-03-02

बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ र अनेरास्ववियु बीच कुटाकुट भएको छ । स्ववियुको निर्वाचन सम्बन्धी बिषयमा विवाद हुँदा दुवै संगठनका बिद्यार्थी संगठनका बिद्यार्थी कुटाकुटमा उत्रिएका हुन् । नेविसंघ र तरुण दलका कार्यकर्ताको आक्रमणबाट अनेरास्ववियुका जिल्ला उपाध्यक्ष्य नरेसबहादुर सिंह ,जिल्ला सहसचिब बरेन्द्र कार्की लगायत ,धर्म सिंह भट्ट , प्रशान्त भट्ट ,रमेश पन्त गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि धनगढी स्थित सेती अंचल अस्पताल लागिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिब हरि लम्सालले बताए । घटनामा युवा संघका सदस्य महेश बिस्ट र मनोज जोशी लगाएत सामान्य घाइते भएका छन् ।उनीहरु सबै महेन्द्रनगरमा विभिन्न बिद्यार्थी संगठनको बिरोधका कारण स्वोवियू निर्वाचन नभएपछि स्वोवियू गतिबिधिका लागि बेलौरी एक थिए । त्यसैगरी झडप नियन्त्रण गर्न प्रहरीले गरेको लाठीचार्जबाट नेविसंघका रजनी चन्द , सुनिल भण्डारी मुना बिस्ट , किरण बिस्ट , रक्षा तमोली, मदनराज गिरी, सन्तोष चौधरी ,मिरा कुँवर ,कृष्ण राना ,निर्मला चौधरी लगायत सामान्य घाइते भएका छन् । नेविसंघका कार्यकर्ताले क्याम्पसका केही कुर्सी,बेन्च र स्टेजमा तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear , Blunt weapon
Primary Cause Contestation over non-elective positions and influence
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 50
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth youth
Total Injured 24
Youth Injured 24
Total damaged Buildings 1
Local Newspaper - Kanchanpur

0 Comments